हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि पर्यटन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।
पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि आगामी मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिनुभयो ।

पर्यटकीय राजधानी घोषणा गर्नका लागि प्रक्रिया छिट्टो अगाडि बढाउनका लागि ध्यानाकर्षण गराउन मन्त्रालय पुग्नुभएका पोखरा महानगरका प्रमुख आचार्यलाई मन्त्री श्रेष्ठले यस्तो जानकारी दिनुभयो । प्रमुख आचार्यले आफू र महानगरवासीले छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने संघीय सरकारको निर्णयको सुखद् जानकारी प्राप्त हुने बताउनुभयो ।
‘पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि हामीले प्रक्रिया अगाडि बढाएका छौं । अबको क्याविनेटमा यो प्रस्ताव लिएर जाँदैछु भनेर मन्त्री ज्युले आस्वासान दिनुभएको छ । पक्कैपनि हामी पोखरावासीले सुखद् खबर सुन्न पाउने छौं’ मन्त्री श्रेष्ठलाई उदृत गर्दै प्रमुख आचार्यले भनुभयो ।