फाइनल खेल चलिरहँदा पोखरा रंगशालाको कभर्डहलमा आगलागी भएपछि…

हिमाली आवाज । पोखरा रङ्गशालाभित्रको बहुउद्धेश्शीय कभर्डहलमा आगलागी भएको छ ।

कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ः०० बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो ।

उहाँका अनुसार आगलागीपछि कभर्डहलभित्र सञ्चालन भइरहेको ‘सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिता’को फाइनल खेल एक घण्टा स्थगन भयो ।

प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि रोकिएको खेल पछि पुनः सञ्चालनमा ल्याइएको हो ।समयमै नियन्त्रणमा लिइएका कारण आगलागीबाट ठूलो क्षति हुन भने पाएको छैन ।

Comments
Loading...