हिमाली आवाज । नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको प्रथम भेला तथा अधिवेशनले जनक राज पराजुलीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । पोखरामा भएको भेलाले पराजुलीको अध्यक्षतामा ६१ सदस्सीय महासंघको प्रदेश कमिटी निर्वाचित गरेको हो ।
यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा अर्जुन चोखाल,उद्योग उपाध्यक्ष गणेश लामिछाने,वाणिज्य उपाध्यक्ष मोहन सुवेदी, महिला उपाध्यक्ष हेमा कुमारी तराङ (सामना),महासचिव गोविन्द थापा,कोषाध्यक्ष गोकुल कँडेल ,उप माहासचिव विरेन्द्र कुमार श्रेष्ठ ,सचिव शडानन्द सापकोटा,मोतिलाल पौडेल,नारायण श्रेष्ठ रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा सुवर्ण रिजाल(म्याग्दी), ईश्वर खत्री(म्याग्दी), कृष्ण प्रसाद श्रेष्ठ(पर्वत), तिला गिरी (पर्वत) दीप अधिकारी(पर्वत),शोभाखर तिवारी(पर्वत), मनोज थापा(बाग्लुङ),ललिता थापा(बाग्लुङ),स्याङ्जा वाट ढाकाराम डोटेल, संघ ताम्रकार, रेवती थापा ,थमनदेवी काफ्ले ,देवराज लामिछाने ,नवलपुरबाट सृजना सोती ,गोपाल श्रीपाली ,ईन्द्र भुषाल,नगेन्द्र सापकोटा,सरला खनाल र विनोद श्रेष्ठ रहनुभएको छ ।
यसैगरी तनहुँबाट सुमन देवकोटा,बावुराम शर्मा,झलक वाहदुर आले,गोर्खा बाट केशव श्रेष्ठ ,दिनेश बावु विश्वकर्मा,बालकृष्ण परियार,लम्जुङबाट माधव पराजुली,राजन हरि गौतम,यशोदा न्यौपाने,चिन वाहदुर गुरुङ,सि वी विक,राजन कुमाल,जितु गुरुङ रहनुभएको छ ।

कास्कीबाट तारानाथ ढुङ्गाना,भिम वाहदुर नेपाली,बम वाहदुर कार्की,राजेन्द्र तिमिल्सिना,तुलसी पराजुली,दीपकराज वस्ताकोटी,राजु पाण्डे,वालकृष्ण कोईराला,तेजेन्द्र पौडेल,रविन विक,मनोज रसाईली,युवराज खतिवडा,वलराम गौतम,रमेश कोईराला,कल्पना रसाईली,प्रकाश तिवारी,परशुराम तिवारी,रामु गौतम र केदार पौडेल सदस्य चयन हुनुभयो ।
भेलामा प्रमुख अतिथी गन्डकी प्रदेश सरकारका अथ मन्त्री रामजी प्रसाद बरालले स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्रको विकासमा गण्डकी सरकारले जोड गरिरहेको बताउनुभयो ।
उहाँले विदेशमा उद्योग तथा कलकारखाना निर्माण गरिनुपर्ने,स्वदेशी उत्पादन प्रयोगमा जोड दिन उपभोक्तालाई अनुरोध गर्नुका साथै अन्तराष्ट्रिय वजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरिय सामान उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा उद्योग व्यापार महासंघका फ्याक्सन ईन्चार्ज एवं माओवादी केन्द्का पोलिटव्युरो सदस्य गंगा कार्की ,माहासंघका केन्द्रीय अध्यक्ष श्यामवहदुर पाठक,वरिष्ठ उपाध्यक्ष खिमलाल भन्डारी,महासचिव श्रीवल्लव नेपाल ,कोषाध्यक्ष एवं लुम्विनी प्रदेशका अध्यक्ष खेम नारायण पराजुली,उपाध्यक्ष श्याम श्रेष्ठ ,सचिव गिता पनेरुले उद्योगी व्यवसायीका हक हितका वारेमा बोल्नुभएको थियो ।