हिमाली आवाज । नेपाल भेटेरिनरी एशोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विद्येयक संशोधनका लागि पटक पटक राखेको जायज मागहरुलाई सम्बोधन नगरी बिद्येयक पारित गरिएकोप्रति आपत्ती जनाएको छ ।
श्रावण ३१ गते प्रतिनिधि सभामा धेरै सतापक्ष तथा प्रतिपक्ष दलका माननीयहरुले राखेका सुझावहरुलाई समेत बेवास्ता गरी विद्येयक पारित गरेको जनाइएको छ ।

एशोसिएसनका अध्यक्ष डा. केदार राज पाण्डे र सचिव डा राजेश कुमार चौधरीले बुधबार विज्ञप्ति प्रकाशित गरी पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिक बीच सामान्य भिन्नता समेत नदेखिने गरी विवादित विषयहरु संबोधन नगरी, परिभाषाहरुमा द्वैध अर्थ लाग्ने शब्दहरु राखी विधेयक पारित गरिएको भन्दै आपत्ती जनाउनुभएको हो ।
विज्ञप्तिमा संघीयता लागु हुँदा हरेक पालिकामा पशु चिकित्सक, पशु विकास अधिकृत, वरिष्ठ पशु चिकित्सक वा वरिष्ठ पशु विकास अधिकृतको दरबन्दी भएका पालिकाहरुमा यथाशिघ्र उक्त पदका लागि योग्य कर्मचारीको माग खुलाउन ध्यानाकर्षण गराउँदै माग सम्बोधन नभएमा जुनसुकै कदम चाल्ने चेतावनी दिइएको छ ।