एमालेका युवा नेता राजीव पहारी प्रदेशसभामा सर्वसम्मत सिफारिस

हिमाली आवाज । नेकपा एमालेले कास्की क्षेत्र नं. ३ (ख) बाट पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद राजिव पहारीको नाम एकल रुपमा सर्वसम्मत सिफारिस गरेको छ । पार्टीको आइतवार वसेको बैठकले कास्की जिल्ला प्रतिनिधि सभा ३ अन्तर्गत प्रदेश सभा (ख) का लागि पहारीको नाम एकल सर्वसम्मत सिफारिस गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष समेत रहनुभएका पहारीले पाँच वर्ष अघिको निर्वाचनमा सो क्षेत्रबाट भारी मतका साथ विजयी हाँसिल गर्नुभएको थियो । सोही क्षेत्रबाट फेरीपनि आफ्नों नाम सिफारिस भएपछि पहारीले पार्टीले आफुप्रति गरेको विश्वासलाई खेर जान नदिने प्रतिवद्धता जनाउनुभयो ।

‘पार्टीले म प्रति यति ठूलो विश्वास गरेको छ, अब यसलाई फेरी प्रमाणित गरेर देखाउनुपर्ने दिन आएको छ’–पहारीले भन्नुभयो ।
सो क्षेत्रका जनताहरुले पहारीलाई विकास प्रेमी नेताका रुपमा चित्रण गर्ने गर्दछन् ।

पाँच वर्षे कार्यकालमा आफ्नों क्षेत्रमा थुप्र्रै विकासे कामहरु भएको बताउँदै तिनै कामहरु फेरी चुनाव जित्ने बलियो आधार भएको पहारीको भनाई छ ।

Comments
Loading...