हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुन गईरहेको महाधिवेशनमा लाइन्स क्लव अफ पोखरा चौतारीले संस्थाका संथापक एवं पुर्व अध्यक्ष हरिहर सापकोटालाइ वरिष्ट उपाध्यक्षमा निर्वाचित गराउन आग्रह गरेको छ ।क्लवको सम्पन्न पदस्थापना समारोहमा सहभागी लाईन्स एवं संथाका सदस्यहरुले मतदान गर्न आग्रह गरेका थिए ।
वरिष्ट उपाध्यक्षका प्रत्यासी हरिहर सापकोटा विगत १० वर्ष देखि पोखरा उधोग वाणिज्य संघमा विभिन्न पदमा रहेर काम गर्नुभएको छ । पोखराको न्युरोडबाट २०४८ सालमा किराना पसलबाट आफ्नो व्यवसाय सुरु गर्नुभएका सापकोटा सफल व्यवसायिको रुपमा चिनिनुहुन्छ ।
हाल हरि सपिङ्ग सेन्टर ,पध्मा स्टोर , देखि लिएर सौभाग्य रियलस्टेट , ए.एस रियलस्टेट एण्ड हाउजिङ्ग कम्पनी लगाएतका विभिन्न कम्पनिमा उहाँको संलग्नता छ ।विभिन्न सामाजिक संघ संथामा रहेका सापकोटाले पोखरा जेसिश बाट सामाजिक अभियानलाई अगाडी बढाउनुभएको छ ।
सापकोटाले पोखरा उधोग वाणिज्य संघका उधोग व्यवसायी समक्ष आफुलाइ मतदान गर्न आग्रह गर्दै सधै उधोगी व्यवसायीका हक हितका सवालमा काम गर्ने प्रतिबद्दता जनाउनुभयो ।


