मुस्ताङमा महिन्द्रा ट्याक्टरको फ्रि चेकअप क्याम्प,प्राविधिकद्धारा घरमै गएर सेवा

हिमाली आवाज । गण्डकी प्रदेश अन्तर्गत हिमाली जिल्ला मुस्ताङमा महिन्द्रा ट्याक्टरको फ्रि चेकअप क्याम्प सञ्चालन गरिएको छ ।

महिन्द्रा गाडी तथा ट्याक्टरको गण्डकी प्रदेशको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालि र महिन्द्राको नेपालको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेडको संयुक्त आयाजनामा यही भदौ २६ देखी महिन्द्रा ट्याक्टरका ग्राहकहरुसँग भेटघाट तथा दक्ष प्राविधिकबाट घरमै पुगेर सेवा प्रदान गरिएको हो । महिन्द्राले बिक्रीपछिको सेवाका बारेमा ग्राहकहरुबाट सुझाव समेत लिएको छ ।

ट्याक्टर बिक्रीपछि समेत प्रभावकारी सेवा दिने उद्धेश्यले भौगोलिक रुपमा विकट रहेको मुस्ताङको जोमसोम तथा लोमान्थाङ लगायतका माथिल्लोम मुस्ताङका विकटबस्तीसम्मै पुगेर फ्रि चेकअप क्याम्प सञ्चालन गरिएको बतास व्रदर्श महिन्द्रा विभागका प्रमुख पुष्पराज बरालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ट्याक्टर बिक्री गर्नुमात्र ठूलो कुरा होइन । ग्राहकलाई बिक्रीपछिको सेवा समेत प्रभावकारी दिन स्तरीय सेवाका लागि दक्ष प्राविधिकहरुले विभिन्न २१ स्थानमा पुगेर निःशुल्क रुपमा घरमै पुगेर सेवा दिनुभएको छ ।”

बरालले यसअवधिमा तीन वटा ट्याक्टर समेत बुकिङ भएको जानकारी दिनुभयो । यही असोज ५ गतेसम्म फ्रि चेकअप क्याम्प सञ्चालन हुने बताइन्छ ।

महिन्द्राको नेपालको आधिकारिक बिक्रेता अग्नि इन्करर्पोरेटेडका गण्डकीका इन्चार्ज प्रतिक बोहोराले विकट गाउँ ठाउँमा महिन्द्रा ट्याक्टर उपयोगि रहेको र पार्टस् लगायतका सामग्री सहज उपलव्ध रहेको बताउनुभयो । फ्रि चेकअप क्याम्पबाट ग्राहकहरु आफ्नो ठाउँमै सेवा पाएर लाभान्वित भएको बोहोराले बताउनुभयो ।

Comments
Loading...