दशैँमा घर जान सेनाले निशुल्क हवाई सुविधा दिने

काठमाडौँ । नेपाली सेनाले दशैंमा निशुल्क हवाई तथा यातायात सुविधा दिने भएको छ ।

सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरूलाई सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा–सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा अन्तर्गत भदै २९ गतेदेखि असोज १८ गतेसम्म सडक यातायात नभएका ठाउँमा हवाई र सडकको पहुँच भएका ठाउँमा बस सञ्चालन गरेको जङ्गी अड्डाले जनाएको छ ।

सेनाका अनुसार सडक सञ्‍जालको सहज पहुँच पुगेका स्थानहरूमा जमिनी बाटोबाट र सडक सञ्‍जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडीरहिमाली क्षेत्रहरूमा हवाई उडान संचालन गर्ने योजना अनुरुप हालसम्म हवाई उडानमार्फत १३४ जना सकलदर्जा एवं आश्रित परिवारहरू लाभान्वित भएको छ ।

सेनाले यो वर्ष सुविधा अन्तर्गत हवाई उडानमार्फत ११२ जना र जमिनी मुभमार्फत १३४० जना गरी जम्मा १४५२ जना सकलदर्जा तथा आश्रित परिवारहरू लाभान्वित भएको जनाएको छ ।

Comments
Loading...