मनास्लुको हिमपहिरोमा मृत्यु भएकाको शव काठमाडौंमा

हिमाली आवाज । मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएको शव काठमाडौं लगिएको छ। सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमार्फत मंगलबार काठमाडौं लगिएको हो ।

लामो प्रयासपछि राईको शव हेलिकप्टरमार्फत राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । खोँचमा रहेको शव दिनभरको प्रयासबाट निकालिएको थियो ।

Comments
Loading...