लेखापढी कानुन व्यवसायी कास्कीद्धारा वरिष्ठ अधिवक्ताहरुलाई सम्मान

हिमाली आवाज । नेपाल खेलापढी कानुन व्यवसायी एशोसिएसन जिल्ला समन्वय समिति कास्कीले सर्वोच्च अदालतको निर्णय अनुसार वरिष्ठ अधिवक्ताको उपाधि पाउने नौ जनालाई आज पोखरामा सम्मान गरेकोे छ ।

एशोसिएसनको आयोजनामा भएको दशैँ, तिहार लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममका अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय सचिव हरिप्रसाद शर्मा र कास्कीका अध्यक्ष खडानन्द लामिछानेले संयुक्त रुपमा सम्मान गर्नुभयो ।

सम्मानित हुनेहरुमा नेपाल कानुन परिषद्का सदस्य मुकुन्द प्रसाद अर्याल , अधिवक्ताहरु विष्णु कुशल भुजेल,सर्बोच्च बारका निर्वतमान उपाध्यक्ष सुरेन्द्र थापा मगर,मोहननाथ कोइराला ,जगन्नाथ ढकाल ,माधवराज बास्तोला ,जनक बहादुर बोहारा र दामोदर अधिकारी हुनुहुन्छ ।
त्यसैगरी मालपोत कार्यालय कास्कीका प्रमुख राजेन्द्रप्रसाद पौडेल हालै राष्ट्रपतिद्धारा प्रवल जन सेवाश्री पदकबाट विभुषित हुनुभएकामा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्री सचिव हरिप्रसाद शर्माले कानुनलाई टेकेर स्वच्छ र पारदर्शि सेवा प्रवाह गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । पेशागत चूनौतीकाबीच पनि व्यवसायीले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गरेको शर्माको भनाई छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन जिल्ला समन्वय समितिका कास्कीका अध्यक्ष खडानन्द लामिछानेले लेखापढी व्यवसायीको योग्यताका लागि बारका तर्फबाट सहयोग हुनेमा आफूहरु आशावादी रहेको बताउनुभयो ।

कार्यक्रममा  नेपाल कानुन परिषद् सदस्य  मुकुन्द प्रसाद अर्याल, मालपोत कार्यालय कास्कीका प्रमुख राजेन्द्रप्रसाद पौडेल , लेखापढी व्यवसायी एशोसिएसन यातायात इकाईका अध्यक्ष लक्ष्मी सुवेदी, लेखनाथ मालपोत इकाइका अध्यक्ष ऋषिराम आचार्य र पोखरा मालपोत इकाईका अध्यक्ष दयाराम तिवारीले मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रमको सञ्चालन सचिव जयलाल अधिकारी र स्वागत कोषाध्यक्ष शालिग्राम देवकोटाले गर्नुभएको एशोसिएसनका सदस्य विष्णु पौडेलले जानकारी दिनुभयो।

Comments
Loading...