पोखरा ट्रेड मलमा ग्राहकको चहलपहल बढ्यो, उपहार योजनाका विजेता छानिए

हिमाली आवाज । पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलमा ग्राहकको आकर्षण बढेको छ । दशैँको घटस्थापना सुरु भएसँगै ट्रेड मलमा ग्राहकको उपस्थिति बढेको हो । नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर मलले ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजनाले समेत आग्रहको आकर्षण बढेको छ ।

मलमा सपिङ गर्दै गर्दा भेटिनुभएका पोखराको फूलबारीका सन्तोष बास्तोलाले ट्रेड मलमा सहुलियत र छुटमा दशैँका लागि आवश्यक सामग्री खरीद गर्न पाइएको बताउनुभयो । उहाँले भन्नुभयो,“सामान पनि सहुलियत किन्न पाइयो, उपहार योजना पनि रहेछ ।”सामान पनि छुटमा पाउने र उपहार पनि पाउने अपेक्षाले आफूले ट्रेड मलमा दशैँ सपिङ गरेको बास्तोलाले बताउनुभयो ।

पोखरा ट्रेड मलले दशैँ तिहारालाई लक्ष्य गरी उपहार योजना ल्याएको छ । यसैगरी तेस्रो पाक्षिकका उपहार विजेता छानिएका छ । उत्सव व्यवस्थापन समिति, पोखरा ट्रेड व्यवस्थापन र ग्राहकहरुको उपस्थितिमा शनिबार भएको उपहार सार्वजनिक कार्यक्रममा अग्नि गुरुङले रु १० हजार जित्न सफल भए ।

यसैगरी आशमाया खड्काले रु दुई हजार ५०० र एक हजार बराबरको फेसियल सेवा, कृष्मा गुरुङले रु दुई हजार साथमा पोखरा सिनेप्लेक्सको टिकट , सोहित गुरुङले फिस्टेल ड्रिम पार्कको एक दिनको प्याकेज र रु पूर्णबहादुर गुरुङले रु एक हजार र क्लासिक चुलोमा डिनर पुरस्कार पाएका छन् ।

विजेता छनोट कार्यक्रममा पोखरा ट्रेड मलका प्रबन्ध सञ्चालक मिनराज काफ्ले, सञ्चालकहरु वासुदेव पराजुली, सन्तोष घिमिरे, राजुकुमार शर्मा, उत्सव व्यवस्थापन समितिका उपाध्यक्ष सिमा कोइराला, सचिव रमेश बराल, कोशाध्यक्ष रघु दवाडी, सह कोशाध्यक्ष धर्मदत्त अधिकारी, सदस्य सचिव अग्नि भुसाल, सदस्य नबराज ढुङ्गाना, राजिव क्षेत्री, सल्लाहकार गोपाल प्रसाद बाटाजु, सल्लाहकार माधव तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी सो उपहार योजना ल्याएका हुन् ।

चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले बताउनुभयो ।

एनका अनुसार अनुसार टे«ड मलभित्र पाँच सय रुपैयाँभन्दा माथिको सामान खरीदमा ग्राहकले निःशुल्क उपहार कुपन प्राप्त गरी लाखौँको उपहार जित्न सक्नेछन् ।

पाक्षिक उपहार योजनाका विजेताले रु एक हजारदेखि रु १० हजारसम्म नगदका साथै गिफ्ट ह्याम्पर तथा सपिङ भौचर प्राप्त गर्नेछन् भने बम्परमा रु एक लाख पुरस्कार जित्न सक्नेछन् ।

बम्पर उपहार विजेताको छनोट गोलाप्रथाबाट गरिनेछ । बम्पर उपहार आगामी मंसिर ५ गते र पाक्षिक उपहार अब असोज ३०, कात्तिक १५ र कात्तिक ३० गते उपहार खोलिने उत्सव व्यवस्थापन समितिले जनाएको छ ।

मलको कुनैपनि पसलबाट न्यूनतम पाँच सय रुपैँयाको सामान किन्दा एक वटा बम्पर उपहार कुपनका साथै एक हजार ५०० भन्दा माथि सामान खरीद गर्दा तीन वटा कुपन प्राप्त गरी उपहार योजनामा सहभागी बन्न सकिनेछ ।

‘स्क्राच एण्ड विन’ अफरमा सहभागी हुनका लागि कुनै पनि पसलबाट पाँच हजार वा सोभन्दा माथिका सामान खरीद गर्नुपर्ने र स्क्राच गरी लाखौँ नगद नगद एवं सपिङ भौचर कोषाध्यक्ष दवाडीले जानकारी दिनुभयो ।

पोखरा ट्रेड मलभित्रका ५०२ व्यापारिक सटरमा २७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैंक तथा वित्तीय संस्था, सिनेमा हल, रेष्टुरेन्ट, जिम हल, गहनापसल, सारी तथा कुर्ता लगायतका पसल सञ्चालनमा छन् ।

Comments
Loading...