हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले मंसिर ४ गतेको निर्वाचनका लागि कास्कीमा उम्मेदवारहरु टुँगो लगाएको छ । एमालेले कास्कीका प्रतिधिसभाका तीन र प्रदेशसभाका छ गरी नौ वटै क्षेत्रमा उम्मेदवार टुँगो लगाएको हो ।
कास्की क्षेत्र नं १ बाट प्रतिनिधिसभाको उम्मेदवारको टिकट मनबहादुर गुरुङले पाउनुभएको छ । यसैगरी सो क्षेत्रबाट प्रदेशसभामा १(क)मा खगराज अधिकारी र १(ख)मा बेदबहादुर गुरुङ उम्मेदवार बन्नुहुने भएको छ । एमालेका संगठन विभाग प्रमुख समेत रहनुभएका नेता अधिकारी गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीको दावी सहित प्रदेशको उम्मेदवार बन्नुभएको बताइन्छ ।

यसैगरी कास्की क्षेत्र नं २ को प्रतिनिधिसभामा विद्या भट्टराईले टिकट पाउनुभएको छ । उहाँ सो क्षेत्रको निर्वतमान सांसद समेत हुनुहुन्छ । यसैगरी २(क)मा भीम कार्की र २(ख)मा मीना गुरुङले चुनाव लड्ने निश्चित भएको छ ।
कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को उम्मेदवारको टिकट दामोदर बैरागीले पाउनुभएको छ । सो क्षेत्रको प्रदेशसभा ३(क)मा गणेशमान गुरुङ र ३(ख)बाट राजीव पहारी उम्मेदवार बन्ने नेकपा एमालेले जनाएको छ ।