गण्डकीका अर्थमन्त्री बराल कास्की क्षेत्र नं ३ को प्रतिनिधिसभा उम्मेदवार

हिमाली आवाज । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उमेदवार गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन)ले उमेदवारी दर्ता गर्ने हुनुभएको छ ।

नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनुभएका गठबन्धनका साझा उमेदवार मन्त्री बरालले आज निर्वाचन कार्यालयमा आफ्नो उमेदवारी दर्ता गराउदै हुनुहुन्छ । केन्द्रले मन्त्री बराललाई प्रतिनिधि सभाको टिकट दिएको हो ।

जनयुद्धका असल योद्धाको रुपमा परिचित मन्त्री बराल गण्डकी प्रदेश सभामा अघिल्लो ५ बर्ष अघि कास्की निर्वाचन क्षेत्र नम्बर ३ क बाट निर्वाचित भएसंगै करिब डेढ बर्ष अघि अर्थ मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनु आउनु भएको छ ।

 

Comments
Loading...