नवौं राष्ट्रिय खेलकुद:बागमतीलाई फेन्सिङमा पहिलो स्वर्ण

हिमाली आवाज । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ खेलमा पहिलो स्वर्ण पदक हात पारेको छ ।

पोखरा रङ्गशालामा आजदेखी सुरु भएको फेन्सिङ खेलको सेबर विधानमा बाग्मती प्रदेशका शिक्षा नापितले स्वर्ण पदक जित्न सफल हुनुभयो ।
ससस्त्र प्रहरी बलका उर्मिला लामालाई पराजित गर्दै नापितले बागमतीलाई पोखरामा पहिलो पदक दिलाउन सफल हुनुभयो । यसैगरी नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा क्रमश ः द्धितीय र तृतीय हुँदै रजत र कास्य पदक जित्न सफल हुनुभयो ।

प्रतियोगितामा फेन्सिङतर्फ ‘ईपी’, ‘फोयल’ र ‘सेबर’ विधामा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धा हुने कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले बताउनुभयो । प्रतियोगितामा दुई विभागीय सहित छ टोलीको सहभागिता छ ।

प्रतियोगितामा नेपाली आर्मी, ससस्त्र प्रहरी बल सहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता छ ।

Comments
Loading...