हिमाली आवाज । कास्की २ बाट उम्मेद्वार बनेका नेताहरुले पोखराको सुन्दरतामा ध्यान दिने बताएका छन् ।
शनिबार पोखरा–१७ घारीपाटनमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले पोखराको सौन्दर्यीकरणमा ध्यान दिने बताउनुभयो । कास्की २ भित्र पोखरा महानगरका ११ वटा वडामात्र पर्ने भएकाले पोखरा सौन्दर्यतामा आफूहरुको विषेश ध्यान जाने उहाँले सुनाउनुभयो ।
‘पछिल्लो समय पोखरामा भिडभाड बढेको छ । काठमाडौं, बुटवल, र नारायणगढ लगायत शहरबाट पोखरामा गाडीहरु थुप्रने गरेका छन्,’ उहाँले भन्नुभयो,‘पोखरामा नयाँ विमानस्थल बनेको अवस्थामा बाईबास रोड बनाउने र पोखरालाई सफा सुन्दर राख्ने कुरामा ध्यान दिनेछौं ।’
गठबन्धनबाट कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले व्यवस्था परिवर्तन भए अनुसार अबस्था परिवर्तन गर्न गठबन्धनले जित्नुपर्ने बताउनुभयो । यसैका लागिआफूहरु गठबन्धन गरेर आएको उहाँले बताउनुभयो ।
यसैगरी, कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गर्नुभएको छ । शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिर मर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामहरुका लागि मतदिन आग्रह गर्नुभयो ।

