कामना सेवाको वार्षिकोत्सवमा खुला रक्तदान,५४ युनिट रगत संकलन

हिमाली आवाज । कामना सेवा विकास बैंक पोखरा क्षेत्रले आफनो १६ औं वार्षिकोसवको अबसरमा पोखरा–९ न्यूरोडमा खूल्ला रत्तmदान कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा ५४  यूनिट रगत संकलन भएको सृजनाचोक शाखा प्रबन्धक कृण्णहरि सिग्देलले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पहिलो रक्तदाता नेत्र तिमिल्सिनलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम सुरु भएको थियो ।

सो अवसरमा मर्सानीले बैंकले सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा वडा कार्यलयमा समेत हातेमालो गरी साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा बैंकका पुर्व सञ्चालक राजेन्द्रनिधि कोइरालाले शुभकामना मन्तव्य दिनुभयो । कार्यक्रमको सभापति तथा बैंकका सञ्चालक देबकृण्ण काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक बलराम बरालले स्वागत मन्तव्य राख्नुभयो । रत्तmदान कार्यक्रमको साथैं बैंकको बारेमा गण्डकी क्षेत्रका प्रमुख विण्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा बैँकका पुर्व सञ्चालकहरु रिब बहादुर थापा, दीपक राज सिग्देल, वसन्तराज पराजुली, विष्णु राज पराजुली र चक्रपाणी बास्तोला साथैं साबिक कामना बिकास बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको उपस्थिति थियो ।

बैंकले १६ औं बार्षिकोसब मनाउने क्रममा सप्ताहमुखी कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम, सरसफाई कार्यक्रम, बाल गृहका बालबालिकाहरुसंग केक काट्ने कार्यक्रम, साथै आफ्ना गा्रहकहरुलाई विभिन्न छुट कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

Comments
Loading...