हिमाली आवाज । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा २२ मा ल्याण्डफिल्ड साइड राख्ने बिषयमा स्थानियको हित विपरित कुनै निर्णय हुन नदिने बताउनुभएको छ ।
चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहीबार पोखरा २२ को चिसापनीमा आयोजित कोण सभामा वोल्दै उम्मेदवार जीवन र प्रकाशले यस्ता निर्णय गर्दा स्थानीयको इच्छा र हित विपरित कुनै पनि निर्णय गर्न नदिने बताउनुभयो ।
उम्मेदवार जीवनले भन्नुभयो,“म तपाईहरुलाई के कुरा प्रष्ट पार्छु भने पोखरा २२ मा ल्याण्डफिल्ड साइड राख्ने बिषयमा प्रारम्भिक चरणमा छलफल मात्र भएको छ, सामान्य छलफल भएकै कारणमा हामीलाई अनावश्यक जोडेर भड्काउन खोजिएको छ, जनताका बिचमा भ्रम छर्ने प्रयास गरिएको छ ।”

पोखरा २२ मा ल्याण्डफिल्ड राख्ने बिषयमा आफुहरुको कहि कतै संलग्नता नभएको र यस्ता बिषयको निर्णय गर्दा स्थानीयको इच्छा विपरित आफुहरुले गर्न नदिने उहाँको दावी छ । उम्मेदवार जीवनले भन्नुभयो,“रामजी बरालको पोखरा २२ मा ल्याण्डफिल्ड साइड राख्ने बिषयमा कहि कतै संलग्नता छैन, स्थानियको परामर्श गरेर मात्रै हामीले त्यसलाई अघि बढाउने छौं, सामाजिक संजालमा छरिएको कु प्रचारको भ्रममा नपर्न स्थानियलाई आग्रह गर्दछु । ”
पोखरा २२ को रणनितिक महत्व रहेको छोरेपाटन, चिसापानी हुदै कुभिण्डे जोड्ने सडक आगामी २ बर्षमा पिच गर्न बिषेश पहल गर्ने उम्मेदवार बरालले बताउनुभयो । सिद्धार्थ राजमार्गको बैकल्पिक सडकको रुपमा समेत रहेको उक्त सडक आफ्नो पहलमा केही समयमै टेण्डर भई ढिलोमा २ बर्ष भित्र पिच हुने गरी निर्माण प्रकृया अघि बढाएको उहाँले बताउनुभयो ।
प्रदेशसभाका उम्मेदवार प्रकाशले विकासको नाममा स्थानियको इच्छा विपरित कुनै पनि निर्णय गर्न नदिने दाबी गर्नुभयो । गठबन्धनका उम्मेदवारको बहुमतले विजयी हुदाँ विकास र समृद्धि हुने उहाँको भनाई छ ।
पोखरा २२, गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक होमप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्रका नेता नवराज बराल, एकिकृत समाजबादीका नेता जगन्नाथ बास्तोला, प्रगतीशिल टोल विकास संस्थाका अध्यक्ष नरबहादुर खड्का लगायतले गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुभयो ।