पोखराका युवा व्यवसायी दीपक कार्की : मानव सेवाका सारथी

हिमाली आवाज । सामाजसेवी तथा पोखराका युवा व्यवसायी दीपक कार्की मानवीय सेवाका लागि अग्रणी व्यक्ति हुनुहुन्छ । सिटिजन फर्निचरका सञ्चालक कार्की समाजसेवामा हरदम तयार हुनुहुन्छ । त्यसैले उहाँले स्थापनाकालदेखि मानवसेवा आश्रमका लागि तन, मन, धनले सहयोग गर्दै आउनुभएको छ ।

उहाँले यसपटक पनि आश्रमको एक कोठा निर्माणका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गर्ने घोषणा गर्नुभएको छ । मानवाता प्रवद्र्धन अभियानमा समेत सक्रिय हुँदै आउनुभएका कार्की जन्मदिन होस् या देउसी भैलो आश्रमका हरेक कार्यक्रमहरुमा सरिक हुने र सहयोग गर्नै गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “आश्रमले जुन काम गरिरहेको छ, त्यो हामी कसैले चाहेर पनि गर्न सक्दैन, हामीले उहाँहरुको अभियानमा बाहिरबाट सहयोग मात्रै गर्न सक्छौँ ।”

उहाँ जस्तै परोपकारी व्यक्तिहरुको साथ र सहयोगले पोखराको आश्रमको सेवा सञ्चालनमा सहयोग पुगेको आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका २५ हेम्जाको बाबियातरामा आश्रमले १० करोडको लागतमा आश्रमको भवन निर्माण थालेको छ । सोही भवन निर्माणमा आर्थिक सहयोग जुटाउनुका साथै मानवता प्रवद्र्धन गर्ने उद्देश्यले आश्रमले नेपथ्य व्याण्डसँगको सहकार्यमा आउँदो पुस १२ गते पोखराको प्रदर्शनी केन्द्रमा वृहत नेपथ्य लाइभ कन्सर्ट पनि गर्दैछ ।

उक्त कन्सर्टका लागि टिकट विक्री जारी रहेको र सहप्रयोजक तथा प्रायोजकका लागि इन्छा व्यक्त गर्ने संघसंस्थाहरुसँग छलफल चलिरहेको आश्रमले जनाएको छ । मानवसेवा आश्रमले यसपटक मानवताप्रवद्र्धनका साथै सहयोगापेक्षी सडकमानवहरुका लागि दीगो आर्थिक व्यवस्थापन गर्न अक्षयकोष निर्माणको लक्ष्यसहित देशका प्रमुख १० शहरमा उक्त कन्सर्ट गर्दैछ ।

कन्सर्टको पहिलो कार्यक्रम भोलि शुक्रबार विराटनगरबाट शुरु हुँदैछ । महिनाव्यापी संगीत याताको अभियानअन्तरगत मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा हुनेछ ।

यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र अन्तिम कार्यक्रमको रुपमा १६ गते काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ ।

 

 

 

Comments
Loading...