एमाले नेता गोकुल बास्कोटाको घरको कम्पाउन्डमा शंकास्पद वस्तु फेला

हिमाली आवाज । नेकपा एमालेका नेता तथा नवनिर्वाचित सांसद गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ ।

लोकन्थलीस्थित बास्कोटाको घरको कम्पाउन्डमा प्रेसरकुकरमा शंकास्पद वस्तु राखिएको अवस्थामा फेला परेको हो । बिहान पसल जाने क्रममा छिमेकीले उक्त वस्तु देखेपछि खबर गरेका थिए ।

बास्कोटाको घरमा अहिले प्रहरीको टोली पुगेको र उक्त वस्तु निस्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको प्रहरीले बताएको छ ।

Comments
Loading...