अंग्रेजी नयाँवर्षमा लेकसाइडको बर पिपलमा ‘गाला डिनर विद लाईभ’ म्युजिक

हिमाली आवाज । पोखराको लेकसाइडस्थित चर्चित बर पिपल रिसोर्टले अंग्रेजी नयाँ वर्षको स्वागतार्थ ‘न्यू इयर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

न्यू इयर इभ अर्थात ३१ डिसेम्बरमा लाइभ म्यूजिक विद गाला डिनर कार्यक्रम आयोजना गर्न लागिएको रिसोर्टका प्रबन्ध निर्देशक जितु गुरुङ्गले जानकारी दिनुभयो ।

साँझदेखि शुरु हुने कार्यक्रममा डिजे मेख गुरुङ्ग, भ्वाइस अफ नेपालमा सहभागिता जनाएर चर्चा बटुल्नुभएकी गायिका रजनी राई र पोखरेलीमाझ चिरपरिचित गायक रामभक्त जोजिजुको सांगेतिक प्रस्तुती रहने गुरुङ्गले बनाउनुभयो ।

‘आफ्नों जोडी अथवा परिवारसंगै साँगेतीक माहौलमा नयाँ वर्षको स्वागतका लागि यो कार्यक्रम आयोजना गरेका हौं’–गुरुङ्गले भन्नुभयो । उक्त कार्यक्रमका लागि रिसोर्टले खानाका विशेष परिकारहरुको छुट्टै मेनु तयार पारेको उहाँको भनाई छ ।

Comments
Loading...