एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा नजाने

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को नेतृत्वमा बन्ने सरकारमा नेकपा (एकीकृत समाजवादी)सहभागी नहुने भएको छ । एसले दाहाल नेतृत्वको सरकारमा नजाने निर्णय गरेको हो ।

आइतबार नै दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुले सहमति भएको हो । दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेर सो निर्णय गरेको बताइन्छ ।

पछिल्लो विकासित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ  खतिवडाले बताउनुभयो । उहाँका अनुसार पार्टीले अहिले पर्ख र हेरको नीति लिनेछ ।  ’हाम्रो मोटिभ चाहिँ अहिले यो सरकारमा सहभागी नहुने हो, यो सरकारमा बसेर काम हुँदैन,’ उहाँले भन्नुभयो ।

Comments
Loading...