हिमाली आवाज । विदेशबाट फर्किंदा मोबाइल ल्याउन नपाउने व्यवस्था तत्काल लागू नगर्नु प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनुभएको छ ।
विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन उहाँले अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको हो । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु परे भन्सार तिर्नुपर्ने निर्णय यसअघि मन्त्रालयले गरेको थियो ।

यसका बारेमा सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री दाहालले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई तत्काल त्यस्तो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको दाहालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीकी निर्देशनपछि तत्काललाई त्यो व्यवस्था लागू नहुने भएको छ । सरकारले एकभन्दा बढी मोवाइल ल्याए १८ प्रतिशत कर लिने गरी कडाइ गरेको थियो ।
