जेसिए हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

हिमाली आवाज । हिसान गण्डकीको आयोजनामा पोखरामा भएको प्रथम हिसान फुटसल प्रतियोगितामा पोखरा २६ लेखनाथको जुनियर सिटिजन एकेडेमी (जेसिए) कास्की च्याम्पिएन बन्न सफल भएको छ ।

कास्की छनौट प्रतियोगिताको फाइलनमा जेसिएले कास्की मोडनाइज एकेडेमीलाई २–१ गोलले हराउदै च्याम्पियन बन्न सफल भएको हो । फाइनलमा जेसिएका लागि विकास परियार र विमल चन्द्रले एक एक गोलको योगदान दिनुभयो । त्यसै गरी कास्की मोडनाइजका लागि विजय गिरीले एक गोल गर्नुभयो ।

आइतबारनै भएको सेमिफाइनल खेलमा कास्की मोडनाइजले करुणनिधि एजुकेसन फाउण्डेसनलाई ५–० गोलले हराउदै फाइनल प्रबेश गरेको थियो । त्यसै गरी जेसिएले सगरमाथालाई ३–२ गोलले हराउदै फाइनल प्रबेश गरेको थियो ।

विजयी खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, उपाध्यक्ष डा रामजी प्रसाद शर्मा, कास्की अध्यक्ष यमबहादुर रोका, प्रतियोगिताका संयोजक सन्तोष पराजुली, सबिन मेमोरियल फुटबल क्लबका अध्यक्ष सन्जय लिगल, प्रदेश खेलकुद परिषद्की सदस्य निर्मला बराल लगाएतले अबिर, प्रमाणपत्र र मेडल प्रदान गर्नुभयो ।

Comments
Loading...