स्व लामिछानेको जीवन गाथा ‘माझठानाको टारीदेखि ब्रम्हपुत्र पारि’सम्म लोकार्पण

हिमाली आवाज । स्वर्गीय बुद्धिसागर लामिछानेको जीवन गाथामा आधारित “माझठानाको टारीदेखि ब्रम्हपुत्र पारिसम्म“ कृति लोकार्पण भएको छ ।

रामप्रसाद पौडेलद्वारा लिखित उक्त कृति वुद्धिसागर स्मृति प्रतिष्ठानद्वारा पोखरा १२ माटेपानीमा आयोजित एक कार्यक्रमका बीच प्राज्ञ सरुभक्तले विमोचन गर्नुभयो ।

कार्यक्रममा प्राज्ञ सरुभक्तले स्व बुद्धिसागर लामिछानेको जीवनबाट हामीले अथाह ज्ञान आर्जन गर्नसक्ने बताउँदै यो कृति सामाजिक विकास र मानवीय सभ्यताका पक्षमा खोजमुलक रहेको बताउनुभयो । कृतिको साहित्यकार लिली अधिकारीले समिक्षा गर्नुभएको थियो ।

कार्यक्रममा मन्जु शर्माद्वारा लिखित “देश डुब्ला कि भन्ने डर भो “ कविता सङ्ग्रह र माझठना गाउँ सम्बन्धित “हाम्रो माझठाना राम्रो माझठाना” गीत पनि विमोचन गरिएको थियो ।

उक्त अवसरमा साहित्यकार तिर्थ श्रेष्ठ, प्रा डा चन्द्रा भद्रा, साहित्यकार मन्जु शर्मा, प्रतिमा बस्याल, लेखक रामप्रसाद पौडेल र स्व बुद्धिसागरकै छोरा प्रा डा निर्मल लामिछानेले बोल्नुभएको थियो ।

वुद्धिसागर स्मृति प्रतिष्ठानका संरक्षक गंगादेवी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नाट्यकर्मी ऋषभदेव वास्तोलाले गर्नुभएको थियो भने स्व बुद्धिसागरका माइला छोरा ई. प्रकाश लामिछानेले स्वागत गर्नुभएको थियो ।

Comments
Loading...