काँग्रेस निकट इन्जिनियरहरु संगठित,सभापतिमा तिमिल्सिना

हिमाली आवाज । नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर एसोसिएसन(सिडेन) कास्कीको सभापतिमा इन्जिनियर सञ्जयराज तिमिल्सिना चयन हुनुभएको छ ।

पोखरामा आज निर्वाचन समितिका संयोजक राजेश भट्टराईको अध्यक्षतामा बसेको भेलाले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सिडेनको उपसभापतिमा सागर कार्की,सचिव विश्वास आचार्य,सहसचिव विश्वास भण्डारी र कोषाध्यक्षमा सन्दिप तिमिल्सिना चयन हुनुभयो ।
यसैगरी सदस्यहरुमा सुविज्ञमणि भण्डारी,संगम बञ्जरा,सागर बराल,सन्देश बराल, अमित पौडेल, योेगेश ठकुरी,जीवन चालिसे, मनिष तिमिल्सिना र रश्मि अधिकारी रहनुभएको छ ।

Comments
Loading...