पोखराको लेकसाईडस्थित सेलवेजमा भीषण आगलागी

गणेश पहारी
हिमाली आवाज । पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा साढे ४ बजेदेखी आगलागी भएको छ । पोखरा वडा नं ६ बैदाम हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा भीषण आगलागी भएको हो ।

सो भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखापनि छन् । आगलागीका कारण सेलवेजको सेल्सबेरी शाखाका अधिकांश भाग जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रणमा वारुणयन्त्रसहित प्रहरी र स्थानीय लागि परेपनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

Comments
Loading...