पोखरामा आजदेखी सूर्य नेपाल वेस्टर्न ओपन गल्फ सुरु हुँदै, पुरस्कार वृद्धि

हिमाली आवाज । पोखराको हिमालयन गल्फ कोर्समा आजदेखी सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न सुरू हुदैछ । सूर्य नेपाल वेस्टर्न ओपनको यो २३ औं संस्करण हो ।

माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमि र विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिक रूपमा सुन्दर गल्फ कोर्समा तीन दिन शीर्ष खेलाडीको परीक्षा हुनेछ ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने ५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर गरी ४५ जना प्रतियोगिहरुको सहभागिता हुने भएको छ ।

दुई दिनको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा छ एमेच्योर खेलाडीले अन्तिम १८ होलका लागि कट बनाउने एशोसिएसनका महासचिव दीपक आचार्यले बताउनुभयो ।

उहाँका अनुसार आगामी शनिबार हुने प्रो–एमसँगै प्रतियोगितामा पोखरा र देशभरिका एमेच्योर खेलाडी शीर्ष प्रोफेसनल गल्फरसँग खेल्नेछन् र प्रतियोगिता सकिनेछ । प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ ¥याङकिङ अन्तर्गत रहेको छ । एमेच्योर खेलाडीले आफ्नो वरियता सुधार गर्न महत्वपूर्ण अङ्क प्राप्त गर्नेछन् ।

यस संस्करणमा प्रतियोगिताको कुल नगद पुरस्कार राशी वृद्धि गरेर रु आठ लाख पु¥याइएको छ । प्रतियोतिाको विजेताले रु एक लाख ४० हजार, उपविजेताले रु ९० हजार र तेस्रो हुने खेलाडीले रु ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाल नम्बर एक व्यवसायिक गल्फ खेलाडी शुक्र बहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, सञ्जय लामा, धन थापा र राम मगर तथा १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङसँगै राष्ट्रिय टोलीका अर्का खेलाडी सद्भाव आचार्य प्रतियोगिताको प्रमुख दावेदार हुनुहुन्छ ।

सूर्य नेपाल इस्टर्न ओपनको एमेच्योर उपाधि विजेता राजेन राईले यस प्रतियोगिताबाट प्रोफेसनल करियरको यात्रा सुरू गर्ने महासचिव आचार्यले जानकारी दिनुभयो ।

देशका शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीबीचको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउनका लागि हिमालयन गल्फ कोर्सलाई परिमार्जित गर्दै कठिन बनाइएको आयोजकले जनाएको छ । ६९ पारको १६ होल रहेको कोर्समा पहिलो र दोस्रो होल दोहोराएर खेल्नु पनि चुनौतीपूर्ण हुने बताइन्छ ।

Comments
Loading...