एकल साँझमा गौतमले गाउनुभयो एक दर्जन बढी गीत

हिमाली आवाज । पोखरामा कृष्ण लिलामा आधारित वालन नाच जोगाउनलाई ‘कृष्णप्रसाद गौतम एकल साँझ’ सम्पन्न भएको छ । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा शनिबार कार्यक्रम भएको हो ।

कार्यक्रममा कलाकार गौतमले एक दर्जन बढी गीत प्रस्तुत गर्नुभयो । पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठानले वालन नाचमा आवश्यक वेषभूषा र वाद्यवादनका सामाग्री खरिद गर्नलाई कार्यक्रम गरेको हो । साँझमा गायक गौतमका १० फरक भजनसहित सालैजो, रोइला, रत्यौली र लोकगीत गुञ्जिभएका थिए ।

धार्मिक बिधिबाट स्बास्थीबाचन गरेर कार्यक्रमलाई उद्धाटन गरिएको थियो । फरक धार र शैली अनि भजन मात्रै प्रस्तुत गर्नुभएका गायक गौतमलाई रामचन्द्र ढकाल र अन्जु रसाइलीले साथ दिनुभयो ।

कार्यक्रममा बालन संरक्षण गर्दै आउनु भएका खगराज शर्मा लाई सम्मान गरिएको थियो । पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठानको आयोजना अलिमिया लोक बाङ्ममय प्रतिष्ठानको सहआयोजना ,पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम भएको हो । एकल साँझबाट संकलित रकमले वालनका लागि आवश्यक कपडा, मुकुट र वाद्यवादनका सामाग्री खरिद गरिने कार्यक्रम संयोजक रुद्रप्रसाद अर्यालले बताउनुभयो ।

Comments
Loading...