हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) निकट मजदुर संगठन अखिल नेपाल ट्रेड यूनियन माहासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा रुद्र गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
पोखरामा बुधबार सम्पन्न दोस्रो सम्मेलनले गौतमको अध्यक्षतामा प्रदेश समिति निर्वाचित गरेको हो ।प्रदेश समितिको उपाध्यक्षहरुमा भोजराज खत्री, मंगल लिम्बु, रमेश सिके र टंक पौडेल रहनुभएको छ ।
सचिव गुणराज बास्तोला , सहसचिवमा सुर्यभक्त पौडेल , सानुकाजी डङ्गोल र कोषाध्यक्षमा नविना घिमिरे र सहकोषध्यक्षमा नविन गजुरेल चयन हुनुभयो ।

सदस्यहरूमा भोजराज आचार्य, कपिल नेपाली, अर्जुन पौडेल, महिमा शाही, उदय खत्री, शेरबहादुर शाही, शम्भुलाल श्रेष्ठ, बीरू थापा, दुर्गा थापा, बालकुमार खवास, गम्भीर गुरुङ, गीता खड्का, भुवन दाहाल, खडक राई, विष्णु देवकोटा, दिलिप आचार्य, गोपाल तामाङ, ओमप्रकाश देवकोटा, सितादेवी लामिछाने, सन्तोष रोका, भक्तबहादुर तामाङ, डिलबहादुर गुरुङ, जमुना सेर्पा, श्रीभक्त विक, शिव चापागाईं, विजय थापा, रमेश घिमिरे, बालकृष्ण बास्तोला, तिर्थ अधिकारी, प्रेम कुमाल, कृष्ण जिसी, हरि पौडेल निर्वाचित हुनुभएको छ ।
सम्मेलनमा पार्टीका गण्डकी प्रदेश सचिव जगन्नाथ खनाल, अन्टुफ केन्द्रीय उपाध्यक्ष एसबी थापामगरको विशेष आतिथ्य साथै काँग्रेस निकट ट्रेड युनियनका गण्डकी प्रदेश कोषाध्यक्ष घनश्याम रेग्मी, एमाले निकट ट्रेड युनियनका गण्डकी प्रदेश अध्यक्ष रूद्र खत्री लगायतको उपस्थिति रहेको थियो ।
यस्तै बन्द सत्रमा अन्टुफ उपाध्यक्ष एसबी थापामगरको अध्यक्षता बनेको ३ सदस्यीय अध्यक्षमण्डलले प्रस्ताव गरेको अन्टुफ गण्डकीको नयाँ कार्यसमितिलाई हलले सर्वसम्मतिले अनुमोदन गरेको थियोे ।निर्वाचित हुनुभएको सम्मेलनको नेकपा(माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य एवं कास्की जिल्लाका इन्चाजै राजकाजी गुरुङले उद्घाटन गर्नुभएको थियो।