मुक्तिनाथ विकास बैँक हेमजा शाखा विद्युतीय भुक्तानी प्रवद्र्धन गर्न घरदैलोमा

हिमाली आवाज । मुक्तिनाथ विकास बैँक लिमिटेड हेमजा शाखाले सर्वसाधारणलाई वित्तिय साक्षरता प्रदान गर्नका लागि घरदैलो कार्यक्रम गरेको छ ।

सो शाखाले आज पोखरा महानगरपालिका—२५ हेमजामा वित्तिय साक्षरतासँगै विद्युतीय भुक्तानी प्रवद्र्धनका लागि घरदैलो गरेको हो ।
कार्यक्रममा अवसरमा वित्तिय पहुँच वृद्धि, चेक तथा एटिमको प्रयोग, बचत , आधुनिक बैंकिङ्गमा भएका सेवा सुविधा लगायतका विषमा समुदायमा जानकारी गराइएको शाखा प्रमुख जिडि दवाडीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ आम सर्वसाधारणले बैकिङ्ग सेवा अझै सरल र सुलभ रुपमा प्रदान गरुन् भनेर घरदैलो गरिएको हो । यसबाट वित्तिय साक्षरतासँगै विद्युतीय भुक्तानी प्रवद्र्धनमा समेत सघाउ पुग्यो ।” बैँकले शुक्रबार हेमजाको गौरीशंकर क्याम्पसका विद्यार्थीलाई वित्तिय साक्षरता प्रदान गरेको थियो ।

ग्रामिण तथा शहरी क्षेत्रमा वसोवास गर्ने विपन्न तथा न्युन आय भएका नागरिकलाई आर्थिक तथा सामाजिक रुपमा सबल बनाउने उद्घेश्य सहित हेमजा शाखाले काम गरिरहेको शाखा प्रमुख दवाडीको भनाई छ । यस शाखाले पोखरा महानगरपालिका—२५, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाइ आधुनिक बैँकिङ तथा लघुवित्त सेवा प्रदान गदै आएको छ ।

यस क्षेत्रका लघुवित्त कार्यक्रम अन्तर्गत कुल घरधुरी मध्ये दूई ७७३ घरधुरी लाई १५७ वटा केन्द्र स्थापना गरी तीन हजार १०८ परीवारलाई लघु कर्जा तथा आधुनिक बैकिङ्ग तर्फ १० हजार २५० सेवाग्राही रहेका छन् । शाखाले २६७ जनालाई कर्जा लगानी गरी सफल व्यबसायी बनाउँदै लगेको छ ।

मुक्तिनाथ विकास बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०६३ अन्र्तगत नेपाल राष्ट्रबैंक बाट “ख”वर्गको कारोबार गर्ने इजाजत लिई विसं २०६३ पौष १९ गते देखि स्याङ्गजा जिल्ला बाट आफ्नो वित्तिय कारोवार सुरु गरेको हो ।

यसले हाल राष्ट्रिय स्तरमा स्थापित भई नेपालमा नै आधुनिक बैकीङ्ग , ग्रामीण बंैकीङ्ग र लघुवित्त बैंकीङ्ग गर्ने नेपालको पहिलो नमुना बैंकको रुपमा चिनाउन सफल भएको छ । त्यसमा पनि लघुवित्त बंैकिङ्ग कार्यक्रम अझ बढी प्रभावकारी र सशक्त रुपमा स्थापित भएको छ ।

Comments
Loading...