कर्ण गुरुङ लोकतान्त्रिक तमु संघ गण्डकीको अध्यक्ष चयन

हिमाली आवाज । लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनले कास्कीका कर्णबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको छ।

कास्की जिल्ला माछापुच्छ«े गाँउपालिका वडा नं.१ घाचोक लाम्छाने समाजमा आइतवार सम्पन्न अधिवेशनले माछापुच्छ«े गाँउपालिकाका निवर्तमान अध्यक्ष गुरुङको अध्यक्षतामा समिति गठन गरेको हो ।

नवगठित प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्षमा कास्कीकी पवित्रादेवी गुरुङ, उपाध्यक्षमा कास्की रुपाका टेकबहादुर गुरुङ, मुख्य सचिवमा लमजुङका अर्जुन गुरुङ, सचिवमा स्याङ्जाकी बिष्णुमाया गुरुङ, उपसचिवमा तनहुँका पुजन गुरुङ, कोषाध्यक्षमा स्याङजाका नेमबहादुर गुरुङ चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा पर्वतका दर्शन घले, कास्कीकी मिठु गुरुङ, सिमा गुरुङ, लमजुङका दुर्गबहादुर गुरुङ, गोविन्दकुमारी गुरुङ, कास्कीका जगतबहादुर गुरुङ, गंगादेवि गुरुङ, सिमा गुरुङ, गोर्खाका उत्तमबहादुर गुरुङ, तनहुका देबेन्द्रजङ गुरुङ, मिनबहादुर गुरुङ र मुस्ताङकी मञ्जु गुरुङ चयन हुनुभयो ।

निर्वाचन समितिमा संघका संस्थापक उपाध्यक्ष, गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ संयोजक, सदस्यहरुमा लोकतान्त्रिक तमु संघका केन्द्रिय अध्यक्ष गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ, संघका उपाध्यक्षहरु मीना गुरुङ, सर्मिला गुरुङ, संघका महासचिव एवम् लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका सचिव हुमबहादुर गुरुङ र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष सुजन लामा रहनुभएको थियो।

नवनिर्वाचित कमिटिलाई नेकपा एमालेका स्थायी कमिती सदस्य, संगठन विभाग प्रमुख एवम निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। नवनिर्वाचित अध्यक्ष कर्णबहादुर गुरुङले संघलाई अत्यन्तै क्रियाशिल नमुना संघको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

संघको गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव, गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शनिवार उद्घाटन गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा एमाले स्थायी कमिटिे सदस्य, संघका संस्थापक अध्यक्ष किरण गुरुङ, संघका संस्थापक उपाध्यक्ष गणेशमान गुरुङ, नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष सुजन लामाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

Comments
Loading...