पोखरा महानगरको शिक्षामा अरबौँ लगानी,प्रतिफल प्राप्त भएन : प्रमुख आचार्य

हिमाली आवाज । रतन पाण्डे माध्यमिक विद्यालय, पोखरा १३ आर्वाको ६६औ वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा नवनिर्मित बिध्यालय ट्रष्ट भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गर्नुभयो । सो अवसरमा उहाँले पोखरा महानगरपालिकाको अर्बौ रुपयाँ शिक्षा क्षेत्रमा लगानी गरेको तर प्रतिफल पाउन नसकेको गुनासो गर्नुभयो ।

बिस्तारै सरकारी बिद्यालयले गति लिन थालेको आभास आफूँले पाएको भन्दै मेयर आचार्यले महानगरले सामुदायिक विद्यालयहरुमा दिंदै आएको खाजा खर्चमा वृद्धि गरेको बताउनुभयो ।

प्रमुख आचार्यले विद्यालयको भौतिक संरचनामा महानगरपालिकाले आवश्यकता अनुसार लगानी गर्ने भन्दै शिक्षाको गुणस्तर उकास्न सबै लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडानं १३ का वडा अध्यक्ष किरण बराल,निवर्तमान वडा अध्यक्ष दर्शन लामा, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, छोरेपाटन उच्च मावि का प्राचार्य डिल्लीराम भुषाल, कोन सहकारी का अध्यक्ष तीर्र्थ बहादुर बस्नेत लगायतका वक्ताहरुले रतनपाण्डे माविको शैक्षिक उन्नति का बारेमा भनाई राख्नुभयो ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष शरदचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यलयका प्रधानाध्यापक डिल्लीराम बरालले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभयो । शिक्षिका सावित्री कोईरालाले सञ्चालन गरेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र बरालले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा वर्ष उत्कृष्ट शिक्षक मीन के सी, वर्ष उत्कृष्ट विद्यार्थी अभिषेक बराल, वर्ष उत्कृष्ट अभिभावक गीता बराल,वर्ष उत्कृष्ट कर्मचारी सरस्वती देवकोटा तथा दिर्घ सेवा सम्मान शिक्षिका राधादेवी बराल र संगिता पोखरेल लाई पुरस्कार एवं सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यालयमा सहयोग गर्ने सहयोगदाता चन्दादाता, अक्षयकोषदाताहरुलाई समेत सम्मान गरिएको थियो। सो अवसरमा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Comments
Loading...