हिमाली आवाज । कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा भएको बैशाख पूर्णिमा मेला सम्पन्न भएको छ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको तीन दिने मेला सम्पन्न भएको हो । शुरुमा तीन दिन भनेपनि मेलाको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका खेलहरु नसकिएपछि एक दिन लम्ब्याइएको थियो ।
मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि चापाकोट युवा क्लव स्याङ्जाले जितेको छ । प्रतियोगितामा ठकुरी समाज शुक्ला गण्डकी–१२ बाबियोडाँले द्वितीय स्थान प्राप्त ग¥यो । बिजेता चापाकोट युवा क्लवले १ लाख ११ हजार १ सय ११ र उप–बिजेता ठकुरी समाजले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।
त्यस्तै, बास्केटबल प्रतियोगिताको उपाधि मोर्दीखोला युवा क्लवले जित्दै एक लाख ११ हजार रुपैयाँ प्राप्त ग¥यो भने थन्कु देउराली युवा क्लवले उपबिजेता हुँदै ५५ हजार ५ सय ५५ सय प्राप्त ग¥यो ।

महोत्सवको अवसरमा आयोजित ठेलो (छेलो) प्रतियोगितामा यमन गुरुङले प्रथम हुँदै २५ हजार र किरण सुनारले द्वितीय हुँदै १५ हजार जिते ।
सामुहिक रस्साकस्सी प्रतियोगिताको महिलातर्फ मकैखोला आमा समूहले प्रथमहुँदै १५ हजार र गैरीगाउँ आमा समूहले द्वितीयहुँदै १० नगद हजारसहित ट्रफी हात पारे ।
बिजेताहरुलाई मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, आयोजक याङ्जाकोट मिलन युवा क्लबका अध्यक्ष बिकास गुरुङलगायतले पुरस्कार वितरण गर्नुभयो।
मेलाको अवसरमा लेकाली ब्याण्डको लाईभ प्रस्तुती, ईन्द्र कँडेलको ईन्द्रेणी कार्यक्रमको लाईभ प्रस्तुती, लोकदोहोरी गायक चिज गुरुङ र मीना लामाको प्रस्तुतीमा दर्शक झुमेका थिए । मेलाको अवसरमा होमस्टेमा विशेष छुट दिईएको थियो ।