स्पाइरल ग्यालेक्सीमा पुरस्कार वितरण र नवआगन्तुक विद्यार्थीको स्वागत

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १ सिम्पानीमा अवस्थित स्पाइरल ग्यालेक्सी एकेडेमीमा पुरस्कार बितरण तथा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको हो । विद्यालयले शैक्षिक सत्र २०७९ का विविध शैक्षिक गतिविधिमा उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरेको हो ।

यसै शैक्षिक वर्षदेखि नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको विद्यालयको उक्त कार्यक्रम संस्थापक अशोक ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख चोलाकान्त ओझा प्रमुख अतिथिको रूपमा सरिक हुनु भएको थियो।
विद्यालयका संस्थापक निर्देशक अर्जुन प्रसाद चपाईले गुणस्तरीय शिक्षामा सदैव प्रतिवद्ध रही अभिभावक तथा समग्र पोखरालेनै गर्व गर्न लायक विद्यालयको रूपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यार्थीद्वारा उत्कृष्ट सांस्कृतिक कार्यक्रम लगायत अन्य प्रतिभाहरू प्रस्तुत गरिएका थिए। कार्यक्रम विद्यालयका शैक्षिक विभागका प्रमुख प्रकाश भण्डारी तथा शिक्षिका समीना गुरुङ्ले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो।

विद्यालय व्यवस्थापक सुदिप पौडेलको कुशल व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका सह–प्राचार्य प्रेम तिमिल्सिनाले विद्यार्थी हरूलाई पुरस्कार तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।

Comments
Loading...