पोखरामा जीपको ठक्करबाट एकको मृत्यु,सनाखत हुन सकेन

हिमाली आवाज । पोखरामा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा स्थित सुन्दरपुरी चोकमा शनिबार राति सवारी दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाउको छ । मृतकको हालसम्म सनाखत हुन नसकेको बताइन्छ ।

बाग्लुङबाट पोखरातर्फ आँउदै गरेको लु ३ च ५१२ नं. को जिपले उक्त व्यक्तिलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयल कास्कीले जनाएको छ । ठक्कर दिने जीप र चालक प्रहरीको नियन्त्रणमा छन् ।

Comments
Loading...