पुन समाज नेपालको राष्ट्रिय सम्मेलन पोखरामा,पुनहरुलाई जातिय सूचीमा राखेकोमा खुशीयाली

हिमाली आवाज । पुन समाजको १७ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । पोखरा १० रामघाटस्थित पुन समाजको सभाहलमा एक भव्य समारोहका बीचमा उक्त राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

राष्ट्रिय सम्मेलनमा वक्ताहरुले पुनहरुको अधिकार कटौती गर्ने आफुहरुलाई स्विकार्य नभएको बताए । उनीहरुले पुन समाजलाई समेत जातीय सूचीमा राखेकोमा खुसी व्यक्त गरेका छन् ।

राष्ट्रिय सम्मेलनको उद्घाटनपश्चात बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य खम बहादुर गबुर्जा पुनले आफु सत्तापक्षकै सांसद भएपनि आफ्नो समाजको विषयमा र अधिकार खोज्ने विषयमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘म पनि सत्तापक्षकै सांसद हुँ । तर जसले जे गरेपनि त्यो हेरेर बस्न सकिदैन । प्रधानमन्त्री ज्युले संविधानविरुद्ध बोल्ने अधिकार छैन । जनताको आवाज बोल्ने ठाउँ प्रतिनिधि सभामा हो त्यहाँ मैले जोडतोडले आवाज उठाउनेछु त्यसमा तपाईँहरु ढुक्क हुनुस’ ।

राष्टिय« तथ्यांक विभागले पुनका लागि निकै राम्रो कदम चालेको र त्यो कदम प्रसंशनीय योग्य रहेको उहाँको भनाई छ । संविधानमै टेकेर तथ्यांक निकाल्दै पुन समाजलाई समेत आदिवासी जनजाती बनाउनु खुसीको कुरा रहेको सुनाउनुभयो ।

राष्ट्रिय आदिवासी जनजाती महासंघ केन्द्रिय अध्यक्ष चन्द्रसिंह गुरुङले समास्या र सवाल बोकेका जाती एक भएर अघि बढिरहेको बताउनुभयो । राज्यसत्तामा पहुँच पु¥याउनका लागि एक भएर अघि बढिरहेको र तथ्यांकमा केही कुरा छुटपुट भएतापनि वर्षौ लगाएर तथ्यांक निकालेको कुरा सकरात्मक लिएको उहाले बताउनुभयो ।

पुन समाजका निवर्तमान अध्यक्ष प्रताप पुर्जा पुनले आफुले पहिला नै उठाएको पुनको अधिकारको कुरा अहिले मिडिया र बजारमा चर्चा भएको बताउनुभयो । उहाँले हाल पुनको अधिकार कटौती गर्ने काम भइराखेको र यो काम रोकिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा मगर भएकै कारण मन्त्री बनाएको भन्ने कुराको विरोध गर्दै अब पुनहरु औलामा गन्ने स्थिति नरहेको बताउनुभयो ।

राष्ट्रिय सौन्दर्यकर्मी महासँघ अध्यक्ष मिना गुरुङले धर्म संस्कृति परम्परालाई एकृकित भएर अगाडी बढाउनेमा विश्वास गर्नुभयो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य खमबहादु गर्बुजाले दिप प्रज्वलन गरि गर्नुभयो । २०७८ तथ्यांकअनुसार पुन जाती छुट्टै जातीको रुपमा तथ्यांकित गरेको खुसीयालीमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । कार्यक्रममा पुन जातीको संस्कृतिसँग जोडिएका तृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

पुन समाज नेपालका केन्द्रीय अध्यक्ष भीमबहादुर फलामी पुनले जातीय पहिचानको लडाइँमा १७ औं राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने अवस्थासम्म आउँदा धेरै मिहेनत, कष्ट र आर्थिक सहायता प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो लडाईँ अझै बाकीँ छ । हामी सुचिउन्मुख जातीमा पर्छौ सुचिकृत जातीमा होइन । अनि लडाइ भनेको सुचिकृत गर्नका लागि अझै जिवित छ त्यसमा हामी बलबुताले भ्याएसम्म, कानुनी अधिकारले दिएसम्म हामी लड्ने छौ र सुचिकृत हुन बाकीँ रहेका जातहरुलाईपनि हामी सुचिकृत गराए छाड्छौ भन्ने प्रतिज्ञा हो’ ।

Comments
Loading...