स्पाइरल ग्यालेक्सीका विद्यार्थी धान उत्पादन बुझ्न रोपाईमा

हिमाली आवाज । किताबमा पढेको ज्ञानलाई दैनिक जीवनसँग जोड्दै व्यावहारोपयोगी बनाउन पोखराको स्पाइरल ग्यालेक्सी एकेडेमीका विद्यार्थीहरू असार १५ तथा राष्ट्रिय धान दिवसको अवसर पारेर चिसाखोलामा रोपाइँ बारेमा सिकेका छन् ।

कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थीहरू प्रत्यक्ष सहभागी भई धानको उत्पादन कसरी हुन्छ र हाम्रो घरघरमा आइपुग्छ भन्ने कुरा जानकारी लिएका हुन् ।

यसै अवसरमा विद्यार्थीहरू धान रोप्दै हिलो पनि खेलेका थिए । यसरी प्रयोगात्मक रूपमा खेतमा उपस्थित भएर धान रोप्न र हिलो खेल्न पाउँदा विद्यार्थीहरू निकै खुसी भएको विद्यालयका निर्देशक अर्जुन चपाईले बताउनुभयो ।

उहाँले भन्नुभयो,“विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिन रोपाईमा लगेका थियौँ । रोपाईमा रमाइलो गर्दै विद्यार्थीहरुले धेरै कुरा सिकेका छन् ।”

रोपाइँ कार्यक्रममा सम्पूर्ण शिक्षक शिक्षिकाहरूको उपस्तिथिले विद्यार्थीहरूमा थप उत्साह आनन्दको अनुभूति भएको विद्यार्थी मनिषा पौडेलले बताउनुभयो । विद्यालयले विद्यार्थीहरुको आजको खाजामा दही चिउरा समावेश गरेको थियो ।

Comments
Loading...