अठ्ठाईस घण्टापछि खुलेको मुग्लिङ –नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

हिमाली आवाज । मुग्लिङ –नारायणगढ सडकखण्डमा पहिरो खस्ता राजमार्ग पुनः अवरुद्ध भएको छ । शुक्रबार २८ घण्टापछि खुलेको सो सडकखण्ड आज विहानदेखी पुनः अवरुद्ध भएको छ । राजमार्गमा सुक्खा पहिरो खसेपछि २८ घन्टापछि शुक्रबार साँझ ५ बजे सञ्चालनमा आएको थियो ।

शनिबार बिहान ३ बजेतिर पुनः पहिरो खसेपछि अहिले बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बाटो खुलाउने काम भइरहेको र कुनै समस्या नभए दुई घण्टामा बाटो खुल्ने प्रहरीको भनाइ छ । सडक अवरुद्ध हुँदा बाटोमा सवारी साधनको लामो लाइन छ ।

Comments
Loading...