‘प्राकृतिक श्रोत समृद्धिको आधार’

हिमाली आवाज । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र वहादुर थापाले प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित जल जंङगल कार्यक्रमका वहु सरोकार योजना तर्जुमा कार्यशालाको पोखरामा उद्घाटन गर्दै उहाँले आयआर्जन र रोजगारीका लागि वन पैदावारको भरपुर उपयोग गरिने बताउनुभयो ।

“वन क्षेत्रको काठ कुहिएर खेर जाने र विदेशबाट खरवौ रुपैयाको काठ आयात हुने अवस्थाको अन्त्य गरिनु अपरिहार्य छ” मन्त्री थापाले भन्नुभयो, “वनको संरक्षण र उपयोग गर्ने खालको प्रदेश वन ऐन छिट्टै आउने तयारी भई रहेको छ ।”

जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै अनुकुलनतर्पm लाग्ने खालका योजना अघि बढाउदै समाजका विपन्न एवम् सिमाकृत वर्गको उत्थानका लागि सामाजिक संघसंस्थाको ध्यान जानुपर्नेमा उहाँको जोड थियो ।

जथाभावि निर्माण गरिने भौतिक पूर्वाधारको कारण पानीलाई असर पार्ने, तालतलैया एवम् सिमसार क्षेत्रसंगै वातावरणमा समेत प्रभाव परेको उल्लेख गर्देै मन्त्री थापाले भन्नुभयो, वातावरणको संरक्षण र लच्छित वर्गको जिविकोपार्जनमा सहयोग पुगेमात्र परियोजना सफल हुने विश्वास व्यक्त गनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ताल, हिमाल, जग्गल र जमिन प्राणवायु भएको वताउँदै यसको संरक्षणका लागि सवैको साथ र सहयोग रहने बताउनुभयो ।

पोखरा वनाउने सवैको दायित्व भएको उल्लेख गर्दै उहाँले अव्यवस्थितरुपमा हुने विकास निर्माणले जोखिम बढाउनुको साथै वातावणमा समेत प्रभाव पर्ने हुँदा त्यसका लागि समयमै सचेत हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।

उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जनताको जनजिविकालाई सहज वनाउँदै वातावरण, तालतलैयाको संरक्षण एवम् अपराध गतिविधिको न्यूनिकरणमा परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

युएसएआइडी जल जंगल कार्यक्रमका प्रमुख क्यारि फार्लेले सन्ततिको भविष्य निर्माणका लागि वातावरणको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै परियोजना अन्तर्गत चितवन अन्नपूर्ण, तराई आर्क, कर्णाली संरक्षण तथा कैलाश पवित्र भू—परिधिमा काम गर्ने जानकारी दिनुभयो ।

विस लाख हेक्टर जैविक दृष्टिले महत्वपूर्ण क्षेत्र सुधार गर्दै त्यस क्षेत्रका वासिन्दाको आयआर्जन, सुधारिएको जलश्रोतबाट लाभ, तालिम, जलवायु सम्वन्धि जानकारी र ३०० निजी क्षेत्रका उद्यमहरुले दिगो अभ्यास वा सुरक्षा उपायहरु एकीकृत गर्ने परियोजनाको मुख्य लक्ष्य रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव मनमाया पगेनी भट्टराईले जलवायु परिवर्तनको कारण तराईमा अत्याधिक गर्मी, पहाडमा पहिरोजाने, हिमालमा हिउ नहुने अवस्था सिर्जना भएको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका उपसचिव धनेन्द्र बहादुर खनाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणकोषका उपनिर्देशक अजय कार्की,परियोजना उपप्रमुख दिवेश ज्योति,डा. बाबुराम लामिछाने, लगायतले जलवायु परिवर्तनले पारेका असर र न्यूनिकरणका उपाएका बारेमा चर्चा गर्नुभएको थियो ।

Comments
Loading...