हिमाली आवाज । पोखरा बुढीबजार स्थित जुनियर सिटिजन्स एकेडेमी(जेसिए)मा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई शुक्रवार स्वागत गरिएको छ ।
कार्यक्रममा भनाई राख्दै स्वास्थ्यकर्मी डा. गीतु गैह्रेले मानिस असल बन्नुपर्नेमा जोड दिर्दै असल बन्ने प्रेरणा घरपरिवार तथा विद्यालयले प्रदान गर्ने औँल्याउनुभयो ।
उहाँले इमान्दार पूर्वक काम गर्न सके हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्दै पोखराको शैक्षिक क्षेत्रमा जेसिएको भूमिका महत्वपूर्ण रहेको स्मरण उल्लेख गर्नुभयो ।हरेक क्षेत्रमा आत्मविश्वास, अनुशासन र मेहनत चाहिने भन्दै डा. गैह्रेले विद्यार्थीलाई सफलताको सपना देख्न सुझाव दिनुभयो ।
प्रधानाध्यापक सुन्दरप्रसाद ढकालले कार्यक्रम गरेकोमा कक्षा १२ का विद्यार्थीप्रति आभार प्रकट गर्दै आमा, बुवा तथा शिक्षकले दिएको शिक्षालाई मार्गदर्शनका रुपमा लिन विद्यार्थी आग्रह गर्नुभयो ।

निर्देशक मुकुन्द वस्तीले अनुशासननै विद्यार्थीको गहना भएको उल्लेख गर्दै जीवनमा शिक्षाको महत्व उल्लेखनीय रहेको चर्चा गर्नुभयो ।
एकेडेमीक डिन सुन्दरप्रसाद मानन्धरले विद्यार्थीलाई शिक्षाका अलवा असल संकार दिन विद्यालय प्रयासरत रहेको स्पष्ट पार्दै त्यसमा विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन, शिक्षक सबैको समान दायित्व रहने उल्लेख गर्नुभयो ।
कार्यक्रमका बीच विभिन्न विषयबाट कक्षा १२ उत्तीर्ण गरी जेसिए टप गर्न सफल सृष्टि अधिकारी, सुस्मिता ओझा, सदीक्षा ठकुरी, करुण विक, प्रिया केसी, सविनापौडेल लगायतलाई नगद सहित सम्मान गरिएको थियो ।
सम्मानित सदीक्षा ठकुरी तथा सुस्मिता ओझाले विद्यालयले आफूहरुलाई सम्झेर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जेसिएसँगको सम्बन्धले भविष्य उज्ववल बन्दै गएको अनुभव सुनाउनुभयो ।
त्यस अवसरमा विद्यार्थीहरु सुदिप क्षत्री,अदित्य अधिकारी, इच्छा पाण्डे, सृष्टि पाण्डे, स्वरुप पौडेल, अनुप सुवेदी,सार्थक सुवेदी,अपेक्षा लामा लगायतले भनाई राख्नुभयो ।कार्यक्रमकाबीच कक्षा ११ र १२ का विद्यार्थीले व्यक्तिगत एवम् सामुहिक रुपमा विभिन्न प्रस्तुति प्रस्तुत गर्नुभयो ।