गण्डकी प्रदेशमा पहिलो पटक चरक मेमोरियलमा ‘ओपन हार्ट सर्जरी’

हिमाली आवाज ।  गण्डकी प्रदेशको राजधानी पोखरास्थित चरक मेमोरियल अस्पतालमा पहिलो पटक ओपन हार्ट सर्जरी गरिएको छ ।

सर्जन डा. अनिल भट्टराईको नेतृत्वमा डा. कृष्णप्रसाद वस्याल, डा.अर्जुन गुरुङ, डा. मणिन्द्र वस्नेत सहितको टोलीले पोखरा महानगरपालिका वडा नं. २० भलामका ४५बर्षीय  विष्णु गौतमको सफलता पूर्वक ओपन हर्ट सर्जरी गरेको हो ।

मुटुमा विशेष गरि तीन वटा मुख्य नशा हुन्छन् विष्णु गौतमको दुई वटा नसा ब्लक भएपछि सर्जरी गर्नुपरेको पत्रकार सम्मेलनमा सर्जन डा. अनिल भट्टराईले जानकारी दिनुभयो ।

बिषेश उपकरणबाट  मुटु र फोक्सो सञ्चालन गरेपछि विरामीको छाती चिरेर मुटुका दुवै नसा सञ्चालन गरिएको बताउँदै उहाले  चार घण्टाको अवधिमा सफल सर्जरी गरिएका विरामी गौतमको स्वास्थ्य सामान्य रहेको कारण आइतवार डिष्चार्ज गरिने तयारी गरिएको बताउनुभयो ।

डा. भट्टराईका अनुसार नेपालमा दुई दशक अघि ओपन सर्जरी शुरु भएपनि त्यस अवसरमा सर्जरीका लागि विदेशबाट डाक्टरहरु आउने गरेको थिए । पछिल्लो समय काठमाण्डौका विभिन्न अस्पतालमा यो सेवा उपलव्ध छ ।  विरामी गौतमको सर्जरीका लागि पाँच लाखसम्म खर्च लाग्ने उहाँको भनाई छ ।

अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले गण्डकी प्रदेशमै विष्णु गौतमको पहिलो ओपन हर्ट सर्जरी भएको दावी गर्नुभयो । यसका लागि  लाग्ने सम्पुर्ण खर्च अस्पतालले व्यहोरेको जानकारी दिनुभयो ।

अस्पतालले तीन करोड रुपैयाको लागतमा सर्जरीको लागि आवश्यक उपकरण खरिद गरि सञ्चालनमा ल्याएका छौ अव मुटुका कुनै पनि विरामी उपचारका लागि काठमाण्डौ जानु नपर्ने उहाँको भनाई छ ।

Comments
Loading...