हिमाली आवाज । त्रिशूली नदीले बगाएर चितवनको भरतपुरका दुई जना बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकमा बस्ने ३० वर्षीय अर्जुन प्रधान र प्रवीण श्रेष्ठलाई त्रिशूलीले बगाएको चितवन प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका–२९ गाईघाट नजिकबाट शनिबार दिउँसो साढे ४ उनीहरू मुख धुन लाग्दा चिप्लेर नदीमा बगेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । उनीहरूको खोजीमा विपद् व्यवस्थापनको उद्धार टोलीसहित प्रहरी जुटेको प्रहरीको भनाइ छ।