पोखरामा जनयुद्धका शहीद हेममणिको स्मरण,शहीदका सपना पूरा गर्ने नेताहरुको प्रतिवद्धता

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगर समितिले जनुयद्धका शहीद हेममणि सिंम्खडाको २० औँ स्मृति दिवसमा स्मृति सभा आयोजना गरेको छ ।

सभाका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले जनुद्धका शहीदको सपना पूरा गर्न पार्टी जहिलेपनि प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हामी बाँचुन्जेलसम्म हेममणि लगायतका महान् शहीदहरुको सपना पूरा गर्न लागिरहने छौँ । शहीदले देखेका सपना कदापि विर्सने छैनौँ ।”

माओवादी केन्द्र पोखरा महानगरका अध्यक्ष हरिनारायण गिरी(विज्ञान)ले पार्टीले सुरु गरेको तीन महिने रुपान्तरण अभियानलाई पोखरामा प्रभावकारी बनाइने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले अभियानका क्रममा सबै शहीद तथा बेपत्ताहरुलाई उच्च सम्मान प्रदान गरिने बताउनुभयो । अध्यक्ष गिरीले भन्नुभयो,“ हेममणि जस्ता युवा साथीहरुको बलिदानीनै वर्तमान परिवर्तनको उपज हो । ”

पोखरा महानगरका सम्पूर्ण वडाहरुमा सुरु भएको अभियानले पार्टी नेता,कार्यकर्ता र जनतामा उत्साह थपिएको छ र सबै वडाहरुले कार्ययोजना बनाएका छन्, सोही अनुसार तीन महिनासम्म प्रत्येक घर घरमा पुग्ने गरी अभियान सञ्चालन हुने गिरीले जानकारी दिनुभयो ।

स्मृति सभामा पार्टी केन्द्रीय सदस्य एवं पोखरा महानगरका ईन्चार्ज पारसमणि पौडेल,जेष्ठ कम्युनिष्ट मन्चका केन्द्रिय सदस्य विश्वेश्वर हरामी,माओवादी केन्द्र कास्की जिल्ला संयोजक केशव पौडेल, जनयुद्धका योद्धा, जेल व्रेकर एवं नेपाल समाजवादी पार्टी पोखराका अध्यक्ष राजु क्षेत्री,वेपत्ता परिवार समाजका अध्यक्ष अणनाथ वराल लगायत पार्टीका प्रदेश कमिटी सदस्य माहानगर सदस्य, वडा अध्यक्ष लगायत पार्टीका सदस्यहरुको उपस्थिति रहेको महानगर कमिटीका सचिव जनकराज पराजुलीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

जनयुद्धका शहीद हेममणिको विसं २०६० भदौ १७ गते तत्कालीन शाही सेनाले लमजुङको पसगाउँमा निशस्त्र अवस्थामा कब्जामा लिएर हत्या गरेको थियो । उहाँको परिवार तत्कालीन समयमा पोखरा उपमहानगरपालिका वडा नं ९ नयाबजारमा बस्दै आएको थियो ।

Comments
Loading...