वाइसिएल माछापुच्छ्रेमा नयाँ नेतृत्व:अध्यक्षमा आचार्य चयन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिग(वाइसिएल) माछापुच्छ्रे गाउँपालिका कमिटीको अध्यक्षमा मदन आचार्य सर्वसम्मत चयन हुनुभएको छ ।

आज सम्पन्न वाइसियलको भेलाले आचार्यको अध्यक्षतामा १९ सदस्सीय गाउँपालिका कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षद्धयमा सुमन ढुँगाना र सुवास भण्डारी र सचिवमा प्रभात अधिकारी चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा अमृत विक,दयाराम ढुंगाना,जित बहादुर  बि.क,सुबास भण्डारी (ख),ढाकाराम मोहन आचार्य, राजेश पौडेल, सुबास परियार, नारायण लम्साल,भरत पोख्रेल,रेशम लामिछाने, दीपेश लामिछाने, सुनिता अधिकारी गौतम र  गोपाल बिक रहनुभएको छ ।

भेलाको उद्घाटन गर्दै नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं कास्की जिल्लाका इन्चार्ज नेत्रनाथ अधिकारीले माओवादीको नेतृत्वमा देशमा राजनीतिक परिर्वतन भएको र अहिले विकासको नेतृत्व पनि माओवादीले गरिरहेको बताउनुभयो ।

पार्टीका गण्डकी प्रदेशका सदस्य एवं अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कास्कीका संयोज सिर्जना त्रिपाठीले देश विकासको जिम्मेवारी युवाहरुको काँधमा आएको बताउनुभयो । उहाँले सही विचार, सही नेतृत्व र देशका लागि केही गर्नुपर्छ भनेर लागिपरेको एक मात्र पार्टी माओवादी भएकाले यस पार्टीमा गोलबन्द हुन युवाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य राजेन्द्र तमु, वाइसियलका केन्द्रीय सदस्य एवं कास्कीका इन्चार्ज भोजराज पौडेल, माओवादी केन्द्र माछापुच्छ्रेका अध्यक्ष बैकुण्ठ भण्डारी, सचिव शिवप्रसाद भण्डारी लगायतले माओवादी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार र अनियमितता विरुद्ध अभियान सुरु गरेकाले सबैले साथ दिनुपर्ने बताउनुभएको थियो । रामचन्द्र पौडेलको अध्यक्षतामा भएको भेलाको सञ्चालन मदन आचार्यले गर्नुभएको थियो ।

Comments
Loading...