मनिपाल—निर्माण व्यवसायी संघ सहकार्य, उपचारमा विशेष छुट

हिमाली आवाज । कास्कीका निर्माण व्यवसायीहरुले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दा छुट सुविधा पाउने भएका छन् ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीका व्यवसायीहरुलाई अस्पतालले छुट प्रदान गर्ने भएको हो ।

मनिपाल शिक्षण अस्पताल र नेपाल निर्माण व्यवसायी संघ कास्कीका बीच आज स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सहमतिमा हस्ताक्षर भएपछि व्यवसायीले यसको लाभ लिन सक्ने भएका हुन् ।

दुई पक्षबीच भएको सहमतिपत्रमा मनिपाल अस्पतालका प्रमुख कार्यकारी अधिृकत अनिल ओडुविल र संघका अध्यक्ष लिलकाजी गुरुङबीच सम्झौता भएको हो ।

सम्झौतापछि संघमा आवद्ध व्यवसायीले मनिपालमा स्वास्थ्य उपचार सुविधा प्राप्त गर्नका लागि संघले जारी गरेको परिचयपत्र वा संघको पत्र उपलव्ध गराउनुपर्नेछ ।

संघका सदस्य व्यवसायीहरुले अस्पतालको दर्ता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । संघका सदस्यले मनिपालको साधारण बेडमा २५ प्रतिशत, निःशुल्क डाक्टरी परामर्श, साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन् ।

‘न्युरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छुट दिइनेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ ।’

मनिपालसँगको सहमतिपछि संघका अध्यक्ष लिलकाजी गुरुङले खुशी व्यक्त गर्दै यसबाट व्यवसायीहरुलाई सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।यो सहमति आगामी एक वर्षसम्म लागू हुने उहाँले जानकारी दिनुभयो ।

Comments
Loading...