हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलले सात दिनको पारिश्रमिक जाजरकोट भूकम्पपीडितलाई प्रदान गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढा पुनले दलका सदस्यहरुको एक साताको पारिश्रमिक भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

“विपद् र शोकको घडीमा राहत र उद्धार कार्यमा सहयोग पु¥याउन दलको तर्फबाट सो सहयोग रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हौँ ।” पुनले भन्नुभयो । नेकपा(माओवादी केन्द्र)का गण्डकी प्रदेशसभामा सभामुख सहित आठ सदस्य रहनुभएको छ ।
माओवादी संसदीय दलले गत कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्थास्थ्य लाभको कामना गरेको छ ।