स्याङ्जा सिर्सेकोटका शहीदको १९ औँ स्मृति सभा

हिमाली आवाज । महान् जनयुद्धका क्रममा स्याङ्जा जिल्लाको सिर्सेकोटमा शहीद बनेका पाँच जनाको १९ औँ स्मृतिसभा सम्पन्न भएको छ ।
नेकपा(माओवादी केन्द्र) पैयूँ पर्वत गाउँकमिटीले स्मृतिसभा आयोजना गरेको हो ।

विसं २०६१ मङ्सिर १७ गते सिर्सेकोटमा तत्कालीन माओवादीका नेताहरु कृष्ण गौतम, विजय सुवेदी,कुविजा पराजुली,मोहनसिँह गाहामगर र खड्ग कुँबरको सेनाले निशस्त्र अवस्थामा कब्जामा लिएर हत्या गरेको थियो ।

स्मृति सभामा प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र) पर्वतका इन्चार्ज बलावती शर्माले जनयुद्धका शहीदहरुको बलिदानका कारणनै देशमा आमूल परिर्वतन भएको बताउनुभयो ।

विशेष अतिथि नेकपा(माओवादी केन्द्र) स्याङ्जाका इन्चार्ज राजकाजी गुरुङ(करण)ले परिर्वतनका लागि शहीद गरेको योगदानको सबैले कदर गर्न उहाँले आग्रह गर्नुभयो ।

माओवादी केन्द्र पैयुँ गाउँपालिका अध्यक्ष रेशमलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दिलिपले गर्नुभएको थियो ।

Comments
Loading...