हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका एक युवाको नवलपरासीमा दुर्घटनामा निधन भएको छ ।
माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोक ठकुरीथर निवासी २२ वर्षीय बल बहादुर शाहीको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका वडा नम्बर १२ हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किदा बुधबार मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६५ प ६७८९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ६०१३ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए ।
छाति र खुट्टामा गम्भीर चोट लागेका शाहीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा दिउँसो बुधबार दिउसो मृत्यु भएको प्रहरी भनाई छ । दुबै सवारी साधन र ट्रक एवं चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।