लायन्स क्लब पोखरा गुडविलको रक्तदान कार्यक्रम:१०१ युनिट रगत संकलन

हिमाली आवाज । पोखराको लायन्स क्लब अफ पोखरा गुडविलले आज खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत पोखराका मानवअधिकार चोकमा आयोजना गरिएको कार्यक्रममा एक सय १ युनिट रगत संकलन भएको छ ।

यससँगै क्लब यस वर्ष लायन्स क्लबहरु मध्येमा सर्वाधिक रगत संकलन गर्न सफल क्लब समेत बनेको खुला रक्तदान कार्यक्रमका संयोजक राजेन्द्र शर्मा तिमिल्सिनाले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा अमर नागिलाले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले रक्तदानबाट कसैको जीवन बाँच्न सक्ने भएकाले कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।

लायन्स क्लब अफ पोखरा गुडविलका अध्यक्ष विपिन सुवेदीको अध्यक्षतामा सम्पन्न् कार्यक्रममा रिजनल चियर पर्सन मणिप्रसाद डुम्रे, अडिसनल डिष्ट्रिक्ट कोअर्डिनेटर सन्तोष कुमार श्रेष्ठ,डिष्ट्रिक्ट कोअर्डिनेटर पवित्रराज तिवारी, लान्यस क्लब अफ पोखरा अभियानका अध्यक्ष मात्रिका पौडेल तथा अमृतप्रसाद तिवारी लगायतले रक्तदान र सामाजिक कार्यक्रमा लायन्स क्लबहरुले खेलेको भूमिकाका बारेमा भनाई राख्नुभयो ।

Comments
Loading...