पोखरामा आफ्नै स्कुल बसले लियो नर्सरीका तीन वर्षीय बालकको ज्यान

हिमाली आवाज । पोखरामा आज बसको ठक्करले एक बालकको ज्यान गएको छ।

पोखरा महानगरपालिका वडा नं.२४ कास्किकोट काउले स्थित ग १ क ४०८२ नं. को बाल प्रतिभा बोर्डिङ स्कुलको बसको ठक्करले सोही बिद्यालयमा नर्सरी कक्षामा अध्ययनर तेज बहादुर कार्कीको छोरा तीन वर्षीय समिर कार्कीको मृत्यु भएको हो ।

बालक सोही स्कुल बसबाट झरेर घर तर्फ जाने क्रममा दिउसो ठक्कर दिएको थियो । ठक्करबाट घाईते बालकको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उक्त स्थानमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली खटिई गई उक्त बस र बस चालक नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...